देशकै नमुना सुधारगृह मानिएको इलाम कारागारबाट बिहीबार साँझ अन्दाजी ५ बजेर ४० मिनेटमा एक थुनुवा फरार भएका छन्।
झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साहिला भनिने मनराज राई फरार भएका हुन्।
कारागारभित्रको कैदी गणना गर्ने क्रममा उनी फेला नपरेपछि फरार भएको खुलेको हो। गणनाका क्रममा उनी फेला नपरेपछि साँझ पौने ७ बजे नै सम्बन्धित कार्यालयमा जानकारी गराएको थियो।
फरार उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। डाँका मुद्दाका उनी २०७९ असोज ९ मा पक्राउ परी २०७९ कात्तिक १५ मा कारागार चलान भएका थिए।
इलाम कारागारमा यसअघि कारागारभित्रै मादकपदार्थ सेवन गरी तास खेल्दै गरेको भिडियो सार्वजनिक भएको थियो। सो भिडियो सार्वजनिक भएपछि कारागार थप विवादित बन्दै गएको छ।
कार्यविधि संवाददाता । १७ चैत्र २०७९, शुक्रबार ११:४४ बजे