गाउँपालिकाका इन्जिनियर २० हजार घुससहित पक्राउ

सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

उनलाई विराटनगर महानगरपालिका वडा नम्बर ५ पुल्चोक छेउबाट दिउँसो २० हजार रुपैयाँ घुस लिँदालिँदै नियन्त्रणमा लिइएको प्रेेस विज्ञप्ति मार्फत आयाेगले जनाएकाे  छ  ।

 

पूर्णपाठ  प्रेेस विज्ञप्तिमा :-

जिल्ला सुनसरी, बर्जु गाउँपालिकाका इन्जिनियर अजय कुमार मेहताले घर नक्सा पासको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज इन्जिनियर अजय कुमार मेहतालाई सेवाग्राहीबाट रु.२०,०००।– (बीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित विराटनगर महानगरपालिका वडा नं. ५, पुल्चोक छेउबाट आज मिति २०७९/१२/२७ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
भोला दाहाल