प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत  कोरोना संक्रमित कञ्चनपुरकी एक महिलाको आज बिहान मृत्यु भएको छ ।

नेपालमा फेरी कोरोना संक्रमणबाट मृत्यु हुन थालेको छ ।

 उनलाई मुटुसम्बन्धि समस्या थियो ।

भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

मुटु सम्बन्धी समस्या भएपछि ती महिलाको गत २४ चैत गते देखि सो अस्पतालको आइसीयूमा उपचार भएकाे  थियो ।