जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा नाै जना भारतीय कामदार गम्भीर घाइते भएका छन् ।
जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेकाे बेलिब्रिज भाँचिदा नाै जना कामदार गम्भीर घाइते भएका हुन् ।
उनीहरू भारतीय कामदार भएकाले परिचय खुल्न नसकेको र प्रहरी घटनास्थलमा पुगेर नाै जनालाई नै उद्धार गरी उपचारका लागि नलगाड अस्पताल जाजरकाेटमा पठाएकाे प्रहरी निरिक्षक विक्रम सुवेदीले जानकारी दिएका छन् । घटनास्थल जाजरकोट–डोल्पा सडक भेरी काेरीडोरमा पर्छ ।
कार्यविधि संवाददाता । ७ बैशाख २०८०, बिहीबार १४:२१ बजे