जीप दुर्घटनामा तीनकाे मृत्यु , १४ घाइते

दाङको तुलसीपुरबाट सल्यानको कपुरकोट जाँदै गरेको जीप दुर्घटना हँदा ३ जनाकाे मृत्यु र १४ घाइते भएका छन्।  राप्ती राजमार्गअन्तर्गत तुलसीपुर-कपुरकोड सडक खण्डको तुलसीपुर उपमहानगरपालिका-३ सिरीखोलामा रा १ ज ४३८ नम्बरको जीप दुर्घटना भएको हो ।

मृत्यु हुनेमा २५ वर्षीया लालमती खडका र कपुरकोट गाउँपालिका-४ की साउनी घर्ती  दुई महिला र कपुरकोट गाउँपालिका-३ का ४८ वर्षीय प्रेम प्रकाश शर्मा एक पुरुष गरी तीन जनाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम डिएसपी मुकुन्द प्रसाद रिजालका  अनुसार १२ सिटको जीपमा १८ जना सवार रहेकामा १४ जना घाइते भएका छन् । घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

गाडीको गेर फसेर लोड लगाएर गेर फेर्न खोज्दा गाडी ब्याग भएर दुर्घटना भएको प्रहरीले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका सात जनाको राप्ती प्रादेशि अस्पताल तुलसीपुरमा उपचार भइरहेको  रिजालले बताए ।