उपनिर्वाचन : बारा-२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव निर्वाचित

बारा-२ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् ।    यादवले २८ हजार ४१५ मत गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरेका छन्।

यसैगरी नेकपा (एमाले) का पुरुषोत्तम पौडेल १० हजार २१६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले दुई हजार ८२९ मत प्राप्त गरेका छन्।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित यादवलाई मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले मंगलबार राति १:४५ बजे प्रमाणपत्र हस्तान्तरण गरेका थिए।