हाम्राे समाजबाट हटेका छैनन् कुप्रथाहरु

परम्परादेखि चल्दै आएका अमानवीय चलनहरुलाई कुप्रथा भनिन्छ । छुवाछुत ,दाइजाे, झुमा, बाेक्सी ,हलिया, दास आदी प्रथा यसका उदाहरण हुन् । ऐतिहासिक कालदेखि नै चल्दै आएका यस्ता कुप्रथाहरु हटाउनका लागि शासकहरुबाट विभिन्न घाेषणाहरु भए ।  देशमा विभिन्न संविधान तथा कानुनहरु निर्माण भए निर्माणमै सिमित रहे । नेपाल सरकार तथा विभिन्न संघसंस्थाहरु कुप्रथा अन्त्य गर्नका लागि कार्यरत छन् । तर निर्मूल हुन् सकेका छैन्न । हाम्राे समाजबाट दास तथा सति प्रथाहरु उन्मुलन भएका इतिहास जीउँदै छन् ।

हाम्राे समाजलाई अरु धेरै कुप्रथाहरुले पछ्याउन छाडेका छैन्न । देशमा कुप्रथाहरु अन्त्य गर्नका लागि चेतनाकाे स्तर उठ्न नसक्नु ,कडा कानुनकाे पालना नहुनु , कानुन किताबमै सिमित रहनु, गरिबी र बेराेजगारी समस्या समाधान नहुनु , देशमा राजनितिक अस्थिरता बढ्दै जानु , शिक्षा र चेतनाकाे स्तर धेरै माथि सम्म उठ्न नसक्नु,  सरकारले कानुनलाई व्यवहारमा ल्याउन नसक्नु आदी कारणले नेपाली समाजका कुप्रथाहरु उन्मुलन हुन सकेका छैन्न ।