नेपालमा सेवा गर्दै आएकी म्यागीकाे ‘ बिटुविन द माउन्टेन एण्ड द स्काई ’ नामक पुस्तक विमाेचन

 सुर्खेत कोपिला भ्याली स्कूल र ब्लिंकनाउ फाउन्डेसनको संस्थापक म्यागी डोयनले बिटुविन द माउन्टेन एण्ड द स्काई नामक पुस्तक लेखेकी छीन्  ।

बालबालिकाकाे जीवनमा आवश्यक आमाकाे माया , शिक्षा, स्वास्थ्य र  पौष्टिक जस्ता खानेकुराबाट प्रभावित भएर बिटुविन द माउन्टेन एण्ड द स्काई डोयनले  याे पुस्तक लेखेकी हुन् । No description available.

अमेरिकाको न्युजर्सीकी स्थायी बासिन्दा उनले सुर्खेतमा सन् २०१० मा कोपिला भ्याली विद्यालय स्थापना गरेकी थिइन् ।बिहीबार साँझ विद्यालय परिसर भित्रै एक कार्यक्रमबीच उक्त पुस्तक विमाेचन गरिएकाे हाे । No description available.

समाज सेवा गर्दै आएकी अमेरिकी युवती   सन् २०१५ मा सिएनएन हिरो विजेता बनेकी डाेयन  एक लाख अमेरिकी डलर बराबरकाे अवार्ड जित्न सफल  भएकी थिइन्  ।

याे पुस्तकले दुर्गम  कर्णाली बस्तीका  गरिब तथा असाहय बालबालिकाकाे अध्ययनको व्यतिगत कथा बताउँछ ।