कर्णाली प्रदेमा सुरक्षा स्टिकर टाँस अभियान घरघरमा सुरु

प्रदेश प्रहरीले  नब्बे  दिन कार्यक्रम अर्न्‍तगत प्रदेशको १०  जिल्लामा एकैसाथ सुरक्षाका लागि  घरघरमा स्टिकर टाँसको अभियान  कार्यक्रम सुरु गरेको छ।

आइतबार वीरेन्द्रनगर प्रभात माध्यामिक विद्यालयबाट नेपाल सरकारका माननीय उप प्रधानमन्त्री एवम् रक्षा मन्त्री पूर्ण बहादुर खड्काले नागरिक सूचना र सुरक्षाको लागि घर घरमा स्टिकर टाँस अभियानको औपचारीक रुपमा साेही नगरपालिका -२ की मान कुमारी सुनारकाे घरमा स्टिकर टाँसेर उद्घाटन गरेका छन् ।

 कर्णाली  प्रदेश कार्यालय सुर्खेतले नब्बे दिनको कार्यक्रम घोषणा गरेको छ । सोही क्रममा अपराध र समस्याबाट  जनतालाई सुरक्षित राख्नका लागि प्रहरी कार्यालयको सम्पर्क नम्बरसहित घर घरमा स्टिकर टाँसको कार्यक्रम अघि बढाइएको कर्णाली प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले कार्यक्रम मार्फत बताएका छन्  ।

सो क्रममा  उप प्रधानमन्त्री एवम् रक्षा मन्त्री  खड्काले यस कार्यक्रमले  अपराध राेकथाम रअनुसन्धान कार्यमा थप प्रभावकारी र  सुशासन कायम राख्‍ने विश्वास व्‍यक्त गरे। यसले प्रहरी , सरकार र   जनतामाझ नयाँ  प्रकारले सम्बन्ध बनाउदै अघि बढेको रक्षा मन्त्री  खड्काले  भने, ‘यस कार्यक्रमले सरकार र जनतालाई एक आपसमा नजिक बनाउनेछ।

  प्रहरीले तीन महिना भित्रमा प्रदेशका  करिब ३ लाख ७१ हजार  घरधुरीमा स्टिकर टाँसिसक्ने कर्णाली प्रदेश प्रहरीले जनाएकाे छ ।

घरघरमा स्टिकर टाँसको अभियान  कार्यक्रममा  प्रदेशस्तरीय , जिल्लास्तरीय र वीरेन्द्रनगर नगरपालिका जनप्रतिनिधि र सरकारी उच्चपदस्थ पदाधिकारी लगायतको बाक्लाे  उपस्थिती रहेको थियो।