सभापतिकाे मैदानबाट बाहिरीए पाैडेल

अन्तर मेलमिलाप हुन नसकेपछी नेपाली  कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

आज शनिबार आधिकारिक रुपमा वक्तव्य जारी गर्दै सो कुरा जानकारी गराएका छन् । आफूले लामो समयसम्म एक काध थापेकाे  नेपाली कांग्रेसमा विचलन आएको समेत बताएका छन् ।

राष्ट्रिय राजनितिमा मेराे भुमिका रही नै  रहने छ , भन्दै विज्ञप्ति  जारी गरे ।

म  प्रतिष्पर्धाबाट बाहिरिए पनि विवेक प्रयोग गरी मतदान गर्न समेत आग्रह गरेका छन् ।