सुर्खेतमा बन्दको सामान्य प्रभाव, सवारी फाट्टफुट्ट

सुर्खेत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले  आह्वान गरेको नेपाल बन्दको प्रभाव सुर्खेतमा सामान्य  परेको छ ।पेट्रोलियम पदार्थ सहितका दैनिक उपभोग्य वस्तुहरुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न भन्दै विप्लव नेतृत्वले  बन्दको  आह्वान गरेको  हाे ।   सुर्खेतमा मंगलबार बिहानैदेखि सार्वजनिक सवारीहरू कम चलेका छन् । निजी मोटरसाइकल फाट्टफुट्ट गुडेका छन् ।

अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु भने गुडिरहेको त्यति  देखिदैन्न  । सुर्खेत  बजारका सवेरै खुल्ने पसलहरु खुलेका छैनन् ।  विप्लवका  कार्यकर्ता  बजारका वरपर  कहिकतै देखिएका छैन्न । यात्रुबाहक र मालबाहक  सवारी साधनहरु प्रहरीले स्कटिङ्ग  गरेकाे छ ।

कुनै अप्रिय घटना नहोस् भन्नका निम्ति सुर्खेतमा  बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले  जनाएको छ ।