रुसले पूर्वी युक्रेनको पोक्रोभस्क सहरमा फेरि मिसाइल हमला गर्दा ५ काे मृत्यु ,३१ घाइते

एजेन्सी । साेमबार  रुसले  पूर्वी युक्रेनको पोक्रोभस्क सहरमा  मिसाइल हमला गर्दा ५ काे मृत्यु ,३१ घाइते  भएका छन् ।

रुस र युक्रेनबीच एक वर्षभन्दा बढी समयदेखि जारी युद्ध अन्त्य हुने सम्भावना देखिँदैन ।

सबै देशले शान्तिका लागि पहल गरिरहेका छन् । रुसले युक्रेनकाे  एक आवासीय भवनलाई निशाना बनाइएको थियो, हमला पश्चात पाँच जनाको मृत्यु भएको थियो। सोही क्रममा ३१ जना घाइते भए ।

योसँगै युक्रेनले रुसको यो आक्रमणको निन्दा गरेको छ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोले एउटा आवासीय भवनमा आक्रमण गरेको  एउटा भिडियो पनि शेयर गरेका छन् । आक्रमणपछि राहत र उद्धार कार्य जारी छ ।