लगातारकाे अविरल वर्षाले सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिकास्थित दक्षिणी भू-भाग (तल्लो) डुबानमा परेको छ । साेमबार विहानदेखि भारी वर्षाका कारण तल्लो वीरेन्द्रनगरकाे बस्ती डुबानमा परेको हो ।
वीरेन्द्रनगर–९ का स्थानिय वासिन्दा नारद प्रसाद रेग्मीले डुबानले तल्लो वीरेन्द्रनगरकाे रहरपुर , पर्सेनी, लौवस्ता, तिलपुर, इटौरा, घोग्रेनी बस्तीका केही घर जलमग्न भएकाे जानकारी दिनुभयो । सरोकारवाला निकायले समयमै डबान क्षेत्रकाे व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ।
कर्णालीको राजधानी समेत रहेको सुर्खेतकाे तल्लाे वीरेन्द्रनगरका नागरिक वर्षातमा हुनसक्ने बाढी र डुबानबारे चिन्ता व्यक्त गर्न थालेकाे दशकाै भइसक्याे । डुबान परेपछी सरकारी निकायका अधिकांश कर्मचारी र मुख्यमन्त्री सम्म भिजिट गर्न आउँछन् । तर डुबान सधै ।
अस्तव्यस्त सडक र ढल नबनेका कारण वर्षाय हुँदा वीरेन्द्रनगर तल्लाे तटिय बस्ती डुबानमा पर्न थालेपछि त्यहाँका बासिन्दा दिनरात चिन्तामा रहेका छन् । तर सरकार मस्तीमा रहेकाे डुबान क्षेत्रकाे बासिन्दाले खेद प्रकट गर्छन् ।
कार्यविधि संवाददाता । २३ श्रावण २०८०, मंगलवार ०८:५८ बजे