पालिकामा लोक सेवाको तयारी कक्षा निःशुल्क

विद्यार्थिकाे बढ्दाे मागलाई मध्यनजर गर्दै पालिकाले  निःशुल्क लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ ।

स्याङ्जा  अर्जुनचौपारी गाउँपालिकाले  नेपाल प्रहरी, आर्मी तथा सशस्त्र प्रहरीको तयारीका लागि निःशुल्क तीनमहिने कक्षा सञ्चालन गरेको हो ।

युवामा सकारात्मक भावनाको विकास गराई कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमानदार तथा देशभक्ति युवाका रूपमा स्थापित गराउन लोक सेवा तयारी कक्षा सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी बताउनुभयो ।