क्याम्पसका प्रमुखसहित चार विभागीय प्रमुख कार्यकक्षमा थुनिए

क्याम्पस प्रशासनले आफूखुसी इन्टर्नसिप शुल्क बढाएको भन्दै स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)का पदाधिकारीले  क्याम्पस  प्रमुखसहित चार विभागीय प्रमुखलाई सोमबार कार्यकक्षमा थुनेका छन् ।महेन्द्र मोरङ

थुनिनेमा  महेन्द्र मोरङ आदर्श बहुमुखि  क्याम्पस  प्रमुख बाबुराम तिम्सिना, सहायक प्रमुख शिवराम चौधरी, बीबीएस कार्यक्रम प्रमुख रामनारायण दास र बीबीए कार्यक्रम प्रमुख इन्द्रनारायण देवलाई कार्यकक्षमा थुनेकाे स्ववियू सभापति जसवन पौडेलले जानकारी दिए  ।

उनले भने‚ ‘क्याम्पस प्रशासनले एकै पटक  इन्टर्नसिपको  दुई सय  प्रतिशत शुल्कमा वृद्बि गरेपछि  विरोधस्वरूप क्याम्पस प्रमुखसहित विभागीय प्रमुखलाई कार्यकक्षमा थुनेको हाे ।′

क्याम्पस प्रशासनका अनुसार इन्टर्नसिप खर्च धान्नगाह्रो भएकाले शुल्क  तीन हजार बनाइएको र शुल्क घटाउने अवस्था अहिले क्याम्पस छैन्   ।

दिउँसैदेखि पदाधिकारी भित्रै थुनिए पनि दुई पक्षबीच वार्ता भने भएको छैन ।