रक्षामन्त्री खड्काको सैनिक अस्पतालमा शल्यक्रिया

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको सैनिक अस्पताल छाउनीमा प्रोस्टेटको शल्यक्रिया भएको छ ।

उनी बुधबार नै अस्पतालमा भर्ना भएका थिए  ।  शल्यक्रिया पश्चाट अस्पतालमा वार्डमा रहेका खड्काको अवस्था सुधारोन्मुख रहेको सेनाले जनाएको छ ।

सैनिक अस्पतालमा पगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधानमन्त्री  खड्काको स्वास्थ्य लाभको कामना गरेका छन् ।