भूकम्प अपडेट : प्रदेश अस्पताल सुर्खेतमा एक घाइते थपिए, २१ डिस्चार्ज

सुर्खेत –  प्रदेश अस्पताल सुर्खेतमा एक घाइते थपिए, २१ डिस्चार्ज  भएका छन् ।

याे सँगै अहिले अस्पतालमा २३  जना घाइतेकाे उपचार भइरहेकाे छ। साेमबार राति एक जना घाइते थपिएकाे अस्पतालले जनाएकाे छ ।

मंगलबार बिहान ८ बजेकाे अपडेटमा जाजरकाेटबाट १९  र पश्चिम-रुकुमबाट २०  जना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल ल्याइएकाे थियाे ।

अहिले घाइते भएकामध्ये अर्थाेपेडिकमा -१४ जना  ,न्यूराे आई .सी .युमा १ सर्जरी -२ र मनाेराेगमा १ जना उपचारमै रहेका छन् ।

जसमध्ये  २२ महिला र १७  पुरुष थिए । डिस्चार्ज भएकामध्ये  केही गाँस र बाँसकाे समस्याले अस्पतालमै बसेका छन् ।

भूकम्पका फाेकलपर्सन डा. पदम गिरी उपचारमा रहेका सबैजसाे घाइते खतरामुक्त रहेकाे बताए।