सुर्खेतकाे नाैं स्थानिय पालिकामध्ये वीरेन्द्रनगर नगर कार्यपालिकाविरुद्ध सबैभन्दा धेरै उजुरी परेकाे अख्तियार आयाेग सुर्खेतले जनाएकाे छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे कार्यालय सुर्खेतका सूचना अधिकारी रत्नचन्द्र गाैतमका अनुसार चालु आर्थिक वर्षकाे छ महिनामा वीरेन्द्रनगर नगर कार्यपालिकाविरुद्ध हुने गरेका अनियमितता र भ्रष्टाचारका विषयलाई लिएर ३९ उजुरी दर्ता भएका छन् ।
नगर कार्यपालिकामध्ये भेरीगंगामा ३६, गुर्भाकाेटमा २३ , लेकवेसी १० र पञ्चपुरीमा १९ वटा अनियमितता सम्बन्धी उजुरी आयाेगमा परेका छन् ।
त्यस्तै,गाउँ कार्यपालिकामध्ये चाैकुनेमा १८ ,बराहतालमा १२, चिङ्गाडमा चार र सिम्तामा १० उजुरी परेका छन् ।
कर्णालीका प्रदेशका स्थानिय निकायमा उपभाेक्ता गठन , जनश्रमदानकाे रकम कट्टा नगरी भुक्तानी, झुटा बिलबीजक पेस गर्ने , आवश्यक कार्यविधि तथा मापदण्ड तयार नगर्ने गरेकाे भए पनि पालना नगर्ने , पार्टिगत पहुँचका आधारमा निर्णय तहका नातेदार उपभाेक्ता समुह बनाउने जस्ता विषयमा सुर्खेत अख्तियारमा उजुरी बढ्दाे रहेकाे छ ।
पछिल्लो समय सबै तहमा भ्रष्टचार बढेको गुनासो र उजुरी तथ्यकाे आधारमा भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रवर्धन गर्न जिल्ला स्तरिय अन्तरक्रिया , रेडियाे कार्यक्रम र विद्यालयगत भ्रष्टाचार नियन्त्रण सम्बन्धी विविध कार्यक्रम गरीएको अख्तियार सुर्खेतका अधिकारी गाैतमले बताए ।
कार्यविधि संवाददाता । २४ मंसिर २०८०, आईतवार २१:५२ बजे