मदन भण्डारी राजमार्ग :साढे दुई वर्षमा धुलियाविट-भेडावारी सडक, साढे ५ किमी कालाेपत्रे

सुर्खेत ,लेकवेसी नगरपालिका /कास

सुर्खेतअन्तर्गत मदन भण्डारी राजमार्गको साढे दुई वर्षमा धुलियाविट-भेडावारी सडक साढे ५ किमी कालाेपत्रे भएको छ ।

झन्डै ३० महिनाकाे समयअवधिमा कालाेपत्रे गर्नुपर्ने ३५ किलाेमिटर सडक खण्डमध्ये साढे पाँच किलाेमिटर सडक कालाेपत्रे भएकाे मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका सूचना अधिकारी इञ्जिनीयर राम सागर हरिजनले बताएका छन् ।

हरिजनले के‌एस/कालिका र बेदान्सी जेभी धनगढी कैलालीका तीन वटा निर्माण व्यवसायीले आयोजनासँग यहिँ पाैष २७ गते सम्म कार्यसम्पन्न गर्ने गरी ठेक्काको सम्झौता गरी काम गरेकाे बताए।

याे निर्माण हुने राजमार्ग दुई लेनको हुनेछ । हालसम्म यस सडककाे  भौतिक प्रगति ५५ प्रतिशत मात्र भएको छ ।

सम्झाैता अनुसार कार्य थालनी गरेकाे साढे दुई वर्षमा लगभग अन्तिम चरणमा काम  पुग्नु पर्ने हाे तर लक्ष्यभन्दा निकै कम देखिएकाे छ  ।

याे सडक खण्ड पूर्वि सुर्खेतकाे वीरेन्द्रनगरमा तीन किमी, लेकवेसीमा  २४ किमी र गुर्भाकाेटमा ८ किमी नगरपालिकाका भू–भाग पर्दछन् ।

सडक स्तरोन्नतिका लागि एक अर्ब ९४ करोड ८४ लाख २३ हजार ६ सय रूपैयाँ लागत अनुुमान गरिएको थियाे तर  ठेक्का सम्झौता भने एक अर्ब तीन करोड २३ लाख ७८ हजारमा भएको कार्यालयले जनाएको छ । लागत अनुुमानभन्दा ४१ प्रतिशत विलाेमा  निर्माण कम्पनीसँग सम्झौता भएको हो ।

सो सडक खण्डमा पर्ने पुल र सडकको निर्माणमा हालसम्म  ४७ करोड १६ लाख  खर्च भइसकेको कार्यालयले जनाएकाे छ ।

‘ कालाेपत्रे हुन बाँकी सडकककाे चौडाइ ११ मिटर हुनेगरी कटिङ भइरहेकाे छ,’ अधिकारी हरिजनले भने,‘अहिले भित्ताको माटो काट्ने, साइडलेन, पक्की नाला निर्माण, ग्राबेल, वाल र पुलकाे काम निरन्तर हुँदैछन् ।’ No description available.No description available. No description available.No description available.No description available.No description available.

रूख कटानबारे मन्त्रिपरिषद्ले नै निर्णय गर्नुपर्ने  हुँदा काममा केही ढिलाइ भएको कार्यालयले जनाएको छ । त्यस्तै, विद्युतका  पोल हटाउने प्रक्रियामा पनि धेरै समय अल्झिनु परेकाले सडकको काममा बाधा पुुगेको सूचना अधिकारीले बताए  ।