सरकार ६ महिनामा ४८ अर्ब घाटामा

सरकार चालु आर्थिक वर्षको पहिलो ६ महिनाकाे वित्तिय काराेबाराेमा करिब साढे ४८ अर्ब रुपैयाँले घाटामा रहेकाे  छ ।

पुस मसान्तसम्ममा पाँच खर्ब १८ अर्ब १५ करोड आम्दानी गरेको छ भने यो अवधिमा पाँच खर्ब ६६ अर्ब ६२ करोड खर्च भएको छ । यसमा पनि पुँजीगत खर्च भने करिब १६ प्रतिशत मात्र रहेकाे महालेखा नियन्त्रकको कार्यालयले जनाएकाे छ   ।