शुक्रबार गोर्खा वेल्फेयर ट्रष्ट सुर्खेतले वीरेन्द्रनगरका दुई सामुदायिक विद्यालयलाई बेन्चडेस्क हस्तान्तरण गरेकाे छ ।
आफ्नाे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरका दुई सामुदायिक विद्यालयलाई ६ लाख ९३ हजार बराबरकाे बेन्चडेस्क हस्तान्त्रण गरेकाे गोर्खा वेल्फेयर ट्रष्ट सुर्खेतका सुपरभाइजर माेहन शर्माले जानकारी दिएका छन् ।
वीरेन्द्रनगर -८ स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालय खजुरा र साेही नगरपालिका -१० स्थित गंगामाला आधारभूत विद्यालय पिपिरा विद्यालयका विद्यार्थिलाई अध्ययनमा सुविधा पुर्याउने हेतुले बेन्चडेस्क बनाई दुबै विद्यालयका अध्यक्ष ,प्रधानाध्यापक र वडा जनप्रतिधिलाई एक कार्यक्रमकाबिच विद्यालय प्रशासनलाई गोर्खा वेल्फेयर ट्रष्ट सुर्खेतका निमित्त प्रमुख डिल बहादुर गुरुङले हस्तान्त्रण गरेका छन् ।
निमित्त प्रमुख गुरुङले हस्तान्त्रण कार्यक्रममा सामुदायिक विद्यालयका शैक्षिक समस्यामा हाम्राे संस्था सधै सकारात्मक रहेकाे र आगामी दिनमा थप सहयाेग गर्ने बताए ।
वेल्फेयरले कर्णाली प्रदेशका विभिन्न स्थानीय तह लगायतका स्थानमा विद्यालय भवन निर्माणको कामपनि गर्दै आएको उनले बताए।
कार्यक्रममा दुबै विद्यालयका विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघ , वडा जनप्रतिनिधि , विद्यार्थि र अभिभावककाे उपस्थिति रहेकाे थियाे ।
कार्यविधि संवाददाता । ६ माघ २०८०, शनिबार ०९:५७ बजे