नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्र वीरेन्द्रनगरले विगत लामाे समयदेखि बक्याैता रकम नतिर्ने १५ सय ३६ ग्राहककाे लाइन काट्ने जानकारी दिएकाे छ ।
कार्यालयका सूचना अधिकारी इन्जिनियर बेनी नेपालीका अनुसार १५ सय ३६ ग्राहकबाट १२ कराेड ३८ लाख ६ सय ८२ रुपैयाँ उठाउन बाँकी रहेकाे छ । यस केन्द्रमा ६८ हजार ५१ ग्राहक छन् ।
वितरण केन्द्रले समयमा विद्युत महशुल नबुझाउने ग्राहककाे लाइन काट्ने क्रमलाई निरन्तरता दिने अधिकारी इन्जिनियर नेपालीले बताए ।
वीरेन्द्रनगर नगर कार्यपालिकाकाे सडक बत्तिकाे बक्याैता रकम मात्रै ५ कराेड २९ लाख १७ हजार ५ सय ३८ रुपैयाँ रहेकाे छ ।
उता नगरपालिकाले सडक पाेलकाे भाडा बुझाउनुपर्ने बताएकाे छ ।
विद्युत विनियमावलीमा मिटर रिडिङ भएकाे ६० आै दिनसम्म पनि बक्याैता महशुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेकाे छ महिनासम्म पनि बक्याैता महशुल नबुझाउने उपभाेक्तालाई कालाेसूचिमा राखि असुली प्रक्रिया अगाडी बढाउने प्रावधान रहेकाे छ ।
कार्यविधि संवाददाता । १९ माघ २०८०, शुक्रबार १६:१९ बजे