उपप्रमुखको घरमा हतियारधारी समूहद्वारा आक्रमण, भाईमाथि खुकुरी प्रहार

अराजक युवाहरूले उपप्रमुखको घरमा आक्रमण गरी  कान्छा भाईमाथि खुकुरी प्रहार गरेका छन् ।

धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा पसेर हतियारधारी समूहले आक्रमण गरेको हुन ।

उपप्रमुखकाे  घरमा पसेका समूहले खुकरी प्रहार गर्दा उपप्रमुखका  कान्छा भाइ विष्णु बेघाको देब्रे गालामा गहिराे चाेट लागेकाे छ  ।धरान -१५ स्थित खोरिया बस्तीका अराजक युवाहरूले आक्रमण गरेका हुन् ।

खुकुरी प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको धरान इलाका प्रहरी कार्यालयका डीएसपी नवराज मल्लले बताए ।