सुदूरपश्चिमकाे धनगढीमा भाेलि फागुन २० देखि प्रादेशिक ललितकला प्रदर्शनी

व्यक्तिमा लुकेर रहेका कलाकृति प्रदर्शन गर्न फागुन २० आइतबारदेखी सुदूपश्चिमकाे धनगढीमा प्रादेशिक ललितकला प्रदर्शन हुने भएकाे छ। 

पहिलाे पटक सुदूरपश्चिमकाे धनगढिमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा- प्रतिष्ठानकाे सह-आयाेजनामा फागुन २० देखि २४ गते सम्म प्रादेशिक ललितकला प्रदर्शनीकाे सम्पूर्ण तयारी पूरा भएकाे सुदूरपश्चिम प्रदेश प्रज्ञा- प्रतिष्ठानले जानकारी गराएकाे छ । 

 प्रदेशस्तरीय प्रदर्शनीमा पाँच वटा विद्या चित्रकला, मूर्तिकला ,लाेककला, वास्तुकला  र हस्तकलाकाे प्रदर्शनी गरीने छ । प्रदेशका नाै वटै जिल्लाका करिब २ सयबढी कलाकारका कलाकृति सुदूरपश्चिम प्रज्ञा- प्रतिष्ठानमा आइसकेका छन् ।

प्रदर्शनीबाट एउटा विधाबाट तीन कलाकारकाे कलाकृति छनाेट गरी राष्ट्रिय ललितकला प्रज्ञा- प्रतिष्ठानमा जाने सुदूरपश्चिम प्रज्ञा- प्रतिष्ठानका उपकुलपति डा‌.टीएन जाेशीले कार्यविधि डट कमलाई बताए । 

‘अहिले सम्म काठमान्डाैँमा सीमित रहेका ललितकला प्रदर्शनी याे वर्षबाट सुदूरपश्चिम आएकाे हाे ’, उपकुलपति जाेशीले भने , ‘यहाँकाे कलाकार र कलाकृतिलाई अन्तराष्ट्रियस्तरमा चिनाउने  यस प्रतिष्ठानकाे मुख्य उद्देश्य हाे ।’ 

उता प्रदेशमा रहेका कलाकृतिमा कलाकारहरूलाई माथि उठाउन प्रदेशस्तरीय प्रदर्शनी गर्ने निर्णय भएको र यसले आगामी वर्षहरूमा पनि यस्तै निरन्तरता पाउने  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले जनाएकाे छ ।