१८ जना भन्दा बढी बन्दकर्ता पक्राउ

सडकमा नेपाल बन्द गराउन निस्केका १८ जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाबाट उनीहरलाई पक्राउ गरिएको हो ।

मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बन्द आह्वान गरेको थियो ।

शंकास्पद रुपमा निस्केका १८ जनालाई  बिहानै प्रहरीले पक्राउ गरेको हो । ललितपुर र काठमाडौंको लगनटोल, माछापोखरी र बसपार्कबाट १८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट पक्राउ परेकाहरुलाई भृकुटीमण्डप स्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ ।