दादुरा–रू बेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै वीरेन्द्रनगरमा हालसम्म १३ हजार ७ सय ५२ बालबालिकाले खोप लगाएका छन् ।
१६ वटै वडामा फागुन १३ गतेदेखि चैत ७ गतेसम्म छ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप अभियान सञ्चालन गरिएको छ । खाेप अभियानमा ६ हजार ५ सय २५ बालिकाले र ७ हजार २ सय २७ बालकले खाेप लगाएका नगरपालिका जनस्वास्थ्य शाखाले जनाएकाे छ ।
नगरका २२ वटा खोप केन्द्रमा सञ्चालन गरिएको खोप अभियानमा १ सय ४१ प्रतिशत बालबालिकालाई खोप लगाइएका नगरपालिकाका जन स्वास्थ्य अधिकृत भुपेन्द्र देव गिरीले बताए ।
अधिकृत गिरीले भने, “बालबालिकालाई दादुरा–रुबेला रोग विरुद्ध उच्च क्षमता शक्ति विकास गर्न र कन्सल्टेन्ट रुबेल सिलिण्डरको संख्यामा उल्लेख कमी ल्याइ यसबाट हुने अपाङ्गता र मृत्यु दरलाई शून्य अवस्थामा पुगाउन सरकारले अभियान सञ्चालन गरिएको हाे ।”
कार्यविधि संवाददाता । २७ फाल्गुन २०८०, आईतवार १७:५५ बजे