उपप्रधानमन्त्री पद जान सक्ने !सर्वोच्च अदालतकाे कारण देखाउ आदेश जारी

०६४ चैत २७ गते तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २७ जनाको मृत्यु भएको थियो।

१६ वर्षअघि नै उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादवसहितका विरुद्धमा रौतहट प्रहरीमा किटानी जाहेरी परेको थियो ।

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको छ। बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।

गौर हत्याकाण्डका पीडितहरूका तर्फबाट त्रिभुवन साह समेतले २०८० जेठ २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिलको कार्यालय गौरसमेतलाई विपक्षी बनाइएको थियो ।

सर्वोच्चले यसअघि शान्ति प्रक्रियाका विषयलाई लिएर अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेको रिटमा शान्ति सम्झौता र शान्ति प्रक्रियालाई देखाएर फौजदारी न्याय रोकिएर नबस्ने आदेश गरिसकेको छ।

उक्त मुद्दा तीनपटक हेर्न नभ्याइने, एक पटक बेन्च बस्न नभ्याइनेमा पर्दै बुधबार भने कारण देखाऊ आदेश भएको हो। राजनीतिक रंग दिएर पीडितलाई अहिलेसम्म न्याय नदिएको पीडितको गुनासो छ ।

सप्तरी २ मा जनमत पार्टीका सिके राउतसँग पराजित भएका यादव उपनिर्वाचनमार्फत पुनः प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर आएका हुन् ।