सुर्खेत शाखा कुमारी बैंक लिमिटेडले १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।
परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत सिम्ता गाउँँपालीका वडा नं. ०४ सिमल गाउँ निवासी खातावाला केशर बहादुर खत्रीलाई श्रीमतिकाे दुर्घटना मृत्युपश्चात उक्त रकम हस्तान्तरण गरेकाे थियो ।
उक्त रकम कुमारी बैंक लिमिटेड सुर्खेत शाखाबाट हस्तान्तरण गरिएको थियो ।
नेको इन्स्योरेन्स लिमिटेडबाट बीमा दावी रकम प्राप्तभई कुमारी बैंक लिमिटेड मार्फत सो रकम भुक्तानी गरिएको थियो ।
बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावालासहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सकिन्छ ।
बैंकका अनुसार सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगका लागि बीमा सुविधा प्रदान गरिन्छ ।
यस दुःखद् घडीमा सो रकमले मृतकको परिवारमा केही सहयोग हुने विश्वास बैंकको छ ।
२३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवारत कुमारी बैंकले आफ्ना देशभर ३०२ शाखा , ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सेवाहरु प्रदानगर्दै आइरहेको छ ।
कार्यविधि संवाददाता । १४ बैशाख २०८१, शुक्रबार २१:१५ बजे