आज आइतवार चितवन राष्ट्रिय निकुञ्जको सिसुवार क्षेत्रमा एक गैंडाको बच्चा मृत अवस्थामा फेला परेको छ।
मेघौली क्षेत्रको नारायणी नदीको किनारमा एक महिनाको गैंडाको बच्चा शनिबार मृत फेला परेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताएका छन् ।
अधिकारी तिवारीका अनुसार गैंडाको बच्चा प्राकृतिक कारणले मरेको उनले बताए। बच्चा गैंडा के कारणले मरेको हो भनेर पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने छ। दुई वटा गैडासहित चालु आर्थिक वर्षमा २२ वटा गैडा मरेको निकुञ्जले जनाएको छ ।
कार्यविधि संवाददाता । ८ माघ २०७९, आईतवार २१:२० बजे