Skip to content
बैंकिङ कसुर मुद्दामा फरार एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर –११ बस्ने ३१ वर्षीय धन बहादुर आेली रहेका छन् ।
आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
उनीविरुद्ध सुर्खेत जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको थियाे । आरोपीलाई कानुनी कारवाहीका लागि प्रहरी हिरासत कक्षमा राखि थप आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले बतायाे ।
कार्यविधि संवाददाता । २८ श्रावण २०८१, मंगलवार २१:१२ बजे