संवैधानिक अदालतले प्रधानमन्त्रीलाई बुधबार जिम्मेवारीबाट मुक्त गर्न आदेश दिएको छ ।
थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्रीलाई श्रेथा थाभिसिनलाई पदीय मर्यादामा आँच आउने कार्य गरेको अभियोग सम्बन्धमा फैसला दिँदै बुधबार जिम्मेवारीबाट मुक्त गर्न आदेश दिएको हाे ।
अदालतको आदेशपछि अपदस्थ भएका फेउ थाई पार्टीका नेता तथा प्रधानमन्त्री श्रेथा थाभिसिनले बुधबार आफूलाई नैतिक नियम उल्लंघन गरेका कारण पदबाट हटाउने अदालतको फैसलाको सम्मान गर्ने बताए ।
‘म अदालतको फैसलाको सम्मान गर्छु । म लगभग १ वर्षदेखि प्रधानमन्त्रीको भूमिका निर्वाह गरिरहेको छु । मैले इमान्दारिताका साथ देशको नेतृत्व गर्ने प्रयास गरेको छु,’ संवैधानिक अदालतको फैसलापछि श्रेथाले आफ्नो कार्यालय बाहिर पत्रकारहरूलाई भने ।
फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गर्ने निर्णयबारे बुधबार भएको थाइल्याण्डको संवैधानिक अदालतको फैसलापछि प्रधानमन्त्री श्रेथा थाभिसिन पदमा रहन नसक्ने भएका छन् ।
कार्यविधि संवाददाता । २९ श्रावण २०८१, बुधबार १७:५५ बजे