चौबीस घण्टामा ४६३६ जनामा कोरोना संक्रमण, चारजनाको मृत्यु

काठमाडौं । पछिल्लो चौबीस घण्टामा चार हजार ६३६ कोरोना संक्रमित थपिएका छन् । १४ हजार ५५६ नमूना प्ररीक्षण गर्दा चार हजार ६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो छ ।

१० हजार ४१२ पीसीआर र चार हजार १४४ एन्टिजेन परीक्षण गरिएको हो ।

सोही अवधीमा ३५० जना निको भएका छन् । चौबीस घण्टामा चारजनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ रहेको छ ।