सुर्खेतमा विद्युत महशुलकाे बक्याैता रकम नतिर्ने १५ सय ३६ ग्राहककाे लाइन काटिदै

नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्र वीरेन्द्रनगरले विगत लामाे समयदेखि बक्याैता रकम नतिर्ने १५ सय ३६ ग्राहककाे लाइन काट्ने जानकारी दिएकाे छ ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर बेनी नेपालीका अनुसार  १५ सय ३६ ग्राहकबाट १२ कराेड ३८ लाख ६ सय ८२ रुपैयाँ उठाउन बाँकी रहेकाे छ ।  यस केन्द्रमा ६८ हजार ५१ ग्राहक छन् ।

वितरण केन्द्रले समयमा विद्युत महशुल नबुझाउने ग्राहककाे लाइन काट्ने क्रमलाई निरन्तरता दिने अधिकारी इन्जिनियर नेपालीले बताए ।

वीरेन्द्रनगर नगर कार्यपालिकाकाे सडक बत्तिकाे बक्याैता रकम मात्रै ५ कराेड २९ लाख १७ हजार ५ सय ३८ रुपैयाँ रहेकाे छ ।

उता नगरपालिकाले सडक पाेलकाे भाडा बुझाउनुपर्ने बताएकाे छ ।

विद्युत विनियमावलीमा मिटर रिडिङ भएकाे ६० आै दिनसम्म पनि बक्याैता महशुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेकाे छ महिनासम्म पनि बक्याैता महशुल नबुझाउने उपभाेक्तालाई कालाेसूचिमा राखि असुली प्रक्रिया अगाडी बढाउने प्रावधान रहेकाे छ ।