सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका अधुरा विकास योजनाहरूको यथार्थ विवरण संकलन गर्ने काम सुरु गरेको छ । गाउँपालिकाका अध्यक्ष भीम बहादुर भण्डारी का अनुसार, वडा नं. १ देखि १० सम्म संघीय, प्रदेश तथा गाउँपालिकाको बजेटबाट सुरु भएका तर अहिलेसम्म पूरा नभएका योजनाहरूको अवस्था पत्ता लगाउन सबै वडा कार्यालयलाई निर्देशन दिइएको छ ।
अधुरा योजना पहिचान गरी निर्माण कार्य प्रभावकारी बनाउन र समयमै सम्पन्न गराउन यो विवरण संकलन आवश्यक रहेको अध्यक्ष भण्डारीले बताए । संकलन क्रममा योजना नाम, स्थान, बजेट स्रोत, हालको अवस्था, निर्माण सुरु मिति, सम्पन्न हुनुपर्ने मिति, भुक्तानी अवस्था र अधुरो हुनुका कारणहरू अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । विवरण तोकिएको ढाँचामा तयार गरी ५ दिनभित्र गाउँपालिकामा पेश गर्न सम्बन्धित वडा कार्यालयलाई निर्देशन दिइएको छ ।



कार्यविधि संवाददाता । २५ चैत्र २०८२, बुधबार १४:०८ बजे