बाँके । निकुञ्ज सुरक्षार्थ तथा बर्दिया राष्ट्रिय निकुञ्जमा खटिएको नेपाली सेनाको संयुक्त गस्तीले चित्तलको शिकारगरि मासु टुक्राउँदै गरेको अवस्थामा ३ जनालाई नियन्त्रणमा लिएको छ । निकुञ्ज भित्रको बलाँती कोर क्षेत्रमा चित्तलको मासुसहित उनीहरुलाई नियन्त्रणमा लिएको छ ।
घटना स्थलबाट ठाकुरबाबा नगरपालिका-२ निवासी ४६ वर्षिय बल्लुराम थारु, ३९ वर्षिय लालबहादुर चौधरी र ३७ वर्षिय राजाराम थारुलाई चित्तलको मासु टुक्राउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए छन् ।
नियन्त्रणमा परेका ३ नै जनालाई थप अनुसन्धानका लागि आवश्यक प्रकृया अघि बढाएका छौं । निकुञ्जको आफ्नै हिरासतमा राखी निजहरु उपर छानविन अगाडी बढाएका छाै । चित्तलको शिकार गर्नेलाई ५० हजार रुपैया जरिवाना, १ बर्ष कैद वा दुवै सजायको ब्यवस्था बन्यजन्तु संरक्षण ऐनमा रहेको प्रमुख श्रेष्ठ, भन्छन् ।
कार्यविधि संवाददाता । १४ पुष २०७८, बुधबार १६:३९ बजे