प्रचण्डलाई विश्वासको मत दिने , सरकारमा नजाने

पुस २६ गते प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई एकीकृत समाजवादीले विश्वासको मत दिने निर्णय गरेको छ।

माओवादी केन्द्रसँग सरकारमा सहकार्यबारे अन्योलमा रहेको एकीकृत समाजवादी पार्टी  बिहीबारको सचिवालय बैठकले प्रचण्डलाई विश्वासको मत दिने तर तत्काल सरकारमा नजाने निर्णय गरेको एक नेताले बताए ।

दश  एकीकृत समाजवादीले समेत मत दिए प्रचण्डलाई  एक सय ७९ को समर्थन प्राप्त हुनेछ।

पाँच दलिय गठबन्धन तोडेर एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने या नहुनेबारे पार्टीको स्थायी र पोलिटब्युरोमा छलफल भए पनि निर्णय हुन सकेको थिएन।

पोलिटब्युरोको बैठकले सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने अधिकार सचिवालयलाई दिने निर्णय गरेको थियो। सोही अनुसार बिहीबार सरकारलाई विश्वासको मत दिने तर तत्काल सरकारमा सहभागी नहुने निर्णय भएको समाजवादी पार्टीले बताएकाे छ  ।

पुस २५ गतेबाट संसद् अधिवेशन शुरुहुँदैछ ।  उता प्रदेशमा मुख्यमन्त्री चयनकाे शुरु २७ गतेबाट हुँदैछ ।