नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै नेपालमा क्रिप्टोकरेन्सी, हाइपर फण्ड, भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ अवैध भएकोले कारोबार नगर्न आग्रह गरेको छ।
यस्ता अबैध कारोबारबाट सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिने ,स्वदेशी पुँजी पलायन हुने र विपेषणमा कमी आउँने भएकाले नेपालमा यस्तो कारोबाराे नगर्न राष्ट्र बैंकले बताएकाे छ ।
बैंकले सुचना मार्फत छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीसहितको कारोबार हुने गरेकोले त्यसमा आबद्ध नहुन र कारोबार नगर्न रा आम सर्वसाधारण समक्ष अनुरोध गरेको छ ।
नेपालमा जस्ताे गरिब मुलुकमा सर्वसाधारण ठगिने र अवैध कारोबार हुने गरेको गुनासो आउन थालेपछि राष्ट्र बैंकले आइतवार एक सूचना जारी गर्दै यस्तो कारोबार नगर्न आग्रह गरेको हाे । कसैले यस्तो सूचनाको बेवास्ता गरी अवैध कारोबार गरेको पाइएमा कानून बमोजिम कारवाही हुने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।
नेपालमा विदेशी विनियम वा मुद्राको रूपमा कानूनी मान्यता नपाएको भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीसँग सम्बन्धित हाइपर फण्ड जस्ता कोषमा लगानी गर्न र जोसियल, क्राउड १, सोलेम्याक्स ग्लोबलजस्ता पिरामिड आधारमा नेटवर्किङमा आबद्ध नहुन तथा कारोबार नगर्न राष्ट्र बैंकले आग्रह गरेको हो ।
यस्तो कारोबार वा व्यवसायमा नेपालबाट वा बाहिर बस्ने नेपाली कसैले पनि कारोबार गर्न नहुने र कारोबार गरेको पाइएमा कारवाही हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।
कार्यविधि संवाददाता । ९ माघ २०७८, आईतवार २१:२३ बजे