पाठेघरको क्यान्सरबाट पीडित बिस्ना खत्रीको उपचारमा आर्थिक अभाव, सहयोग अपिल

दैलेखको डुङ्गेश्वर गाउँपालिका २ लाकुरी निवासी बिस्ना खत्री विगत तीन महिनादेखि पाठेघरको क्यान्सरसँग जुधिरहनुभएको छ । हाल उहाँको चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । तर उपचारका लागि आवश्यक पर्ने ठूलो रकम जुटाउन नसक्दा परिवार यतिबेला गहिरो संकटमा परेको छ ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगञ्जबाट थप उपचारका लागि चितवन पुर्‍याइएकी बिस्नाको उपचारमा हालसम्म निकै ठूलो रकम खर्च भइसकेको छ । आर्थिक अवस्था कमजोर हुँदै गएको र थप उपचारका लागि रकम अभाव भएकोले बिस्नाका श्रीमान् चक्र बहादुर खत्रीले सहयोगी मनहरूसँग गुहार माग्नुभएको छ ।

“उपचार गर्दागर्दै घरको सबै रकम सकियो, अहिले थप औषधि र अस्पतालको खर्च जुटाउनै धौ–धौ परेको छ,“ चक्र बहादुर खत्रीले भन्नुभयो, “दयालु मनहरूले थोरै–थोरै मात्र सहयोग गरिदिए पनि केही राहत हुने थियो ।

“अहिले उहाँलाई बचाउन परिवार र स्थानीयस्तरबाट सहयोग जुटाउने अभियान सुरु गरिएको छ । सहयोग गर्न चाहने महानुभावहरूले तल उल्लेखित बैंक खातामा रकम जम्मा गरी सहयोग गरिदिनुहुन परिवारले हार्दिक अनुरोध गरेको छ ।

सहयोगका लागि बैंक विवरणः बैंकको नामः राष्ट्रिय वाणिज्य, बैंक खातावालाको नामः बिस्ना खत्री खाता नम्बरः ४०१०१०००२०१६९०१० आफ्नो सानो सहयोगले कसैको जीवन बच्न सक्छ भन्ने विश्वासका साथ परिवारले देश–विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सहयोगको अपिल गरेको छ ।