खोप नलगाएका एकजनाको कोरोनाबाट मृत्यु

नेपालगञ्ज – भेरी अस्पतालमा नेपालगञ्जमा उपचारको क्रममा कोरोना भाइरसविरुद्धको खोप नलगाएका एकजनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, रुकुम पश्चिम आठबीस नगरपालिका वडा नम्बर ६ का ६५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

माघ १५ गते भेरी अस्पतालमा पीसीआर गरिएका उनलाई १६ गते भर्ना गरिएको थियो । सोमबार बिहान ३ बजे उनको मृत्यु भएको हो ।

मृतकले कोरोनाविरुद्धको खोप लगाएका थिएनन् । पछिल्लो समयमा कोरोनाबाट मृत्यु भएका धेरैजसोले कोरोनाविरुद्धको खोप लगाएको पाइएको छैन । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ४ सय ४१ पुगेको छ ।