बढ्यो नेप्से भारी अंकले

वित्तिय क्षेत्रकाे  नेप्से सूचक मंगलबार २१.३० अंकले बढेर १९३४.०४ विन्दुमा आएको छ । ९२ करोड  रुपैयाँ बराबर  बढीको सेयर कारोबार भएको छ ।

सबै समूहका सूचकमा उकालाे  लागेकाे छ । ३२ सय विन्दु आसपासमा पुगेको नेप्से यसअघि घटेर १८०७ विन्दुसम्म झरेको थियो । त्यहाँबाट केही गति लिएको बजार फेरि शिथिल हुँदै सोमबार १९ सय विन्दु नजिक आइपुग्यो । तर, मंंगलबार भने यो विन्दुबाट पुनः केही माथि जाने प्रयास गरेको छ ।

मंगलबार २३१ कम्पनीको ३१ लाख ४६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५ करोड ९४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिडी पावर र हिमालयन एभरेष्ट इन्स्योरेन्स परेका छन् ।