राष्ट्रपतिलाई शनिराबार बिहान महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको राष्ट्रपतिका सूचना तथा सञ्चार विज्ञ टीका ढकालले जानकारी दिनुभयो ।
‘सामान्य स्वास्थ्य समस्या हो,’ ढकालले भन्नुभयो, ‘डाक्टरहरुले विभिन्न परीक्षणको रिपोर्टहरु हेरिरहनुभएको छ ।’ शुक्रबारदेखि नै रुघाखोकी र ज्वरो आएको हुनाले राष्ट्रपतिलाई शनिबार अस्पताल भर्ना गरिएको हो ।
कार्यविधि संवाददाता । २२ आश्विन २०७९, शनिबार १३:११ बजे