सत्तारुढ गठबन्धन र एमाले कार्यकर्ताबीच कुटाकुट

आइतबार दिउँसो  चुनावी प्रचार/प्रसारका क्रममा  सत्तारुढ गठबन्धन र एमाले कार्यकर्ताबीच दार्चुलामा  झडप भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश शाहीका अनुशार  नौगाड गाउँपालिकामा चुनावी प्रचार/प्रसारका क्रममा दुई समूहबीच भएको विवाद पछि झडप भएको हाे ।

झडपमा परी साेही गाउँपालिका ५ का अन्दाजी २२/२३ वर्षीय निरे ठगुन्ना र  ६ का अन्दाजी ३४/३५ वर्षीय जयभान धामी घाइते भएका उनले बताए । घाइते मध्य निरे ठगुन्ना एमालेका कार्यकर्ता हुन् भने जयसिंह धामी कांग्रेस कार्यकर्ता हुन् ।

घाइते जयभान धामीको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको सूचना अधिकारी शाहीले बताए । अर्का घाइते निरे ठगुन्नाको अवस्था सामान्य रहेको र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले  प्रहरीले  श्राेतले  जनाएको छ ।

झडपमा परेका धामी बेहोस रहेको र जिल्लामा उपचार हुन सम्भव नभएपछि उनलाई धनगढी ल्याउन पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।