जाजरकोटमा जिप दुर्घटना परेकाे छ । दुर्घटना हुँदा एघार जनाको मृत्यु भएको छ।
सोमबार अपराह्न जाजरकोट जिप दुर्घटनामा मृत्यु भएका सबै ११ जनाको सनाखत भएको छ । पश्चिम जाजरकोटको छेडागाड नगरपालिका-४ र ५ काे बीचमा भीरबाटी भन्ने ठाँउमा कर्णाली प्रदेश ०२-००१ च ०४२९ नम्बरको बलेरो जिप दुर्घटना भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा मानबहादुर राउत, भगवती माई गाउँपालिका–२, दैलेख ,वीरेन्द्र केसी, भगवती माई गाउँपालिका–३, दैलेख ,अम्बरबहादुर खड्का, भगवती माई गाउँपालिका–३, दैलेख ,वीरबहादुर खत्री, छेडागाड नगरपालिका–६, जाजरकोट ,जैकुवरा बुढा, छेडागाड नगरपालिका–५, जाजरकोट , नैनसरा अधिकारी, छेडागाड नगरपालिका–५, जाजरकोट रामबहादुर बुढा छन् ।
त्यस्तै मृत्यु हुनेमा छेडागाड नगरपालिका–५, जाजरकोट दीपक अधिकारी, छेडागाड नगरपालिका–५, जाजरकोट ,देवीसरा बुढा, छेडागाड नगरपालिका–५, जाजरकोट ,अम्बर अधिकारी, छेडागाड नगरपालिका–५, जाजरकोट ,निशा अधिकारी, छेडागाड नगरपालिका–५, जाजरकोटका छन् ।
दशेराको जेवाबाट लेवा जाँदै गरेको जीप दुर्घटनामा भएको हो। मृत्यु हुनेमा धेरैजसो लेवा गाँउका छन् । गम्भीर घाइते भएकामध्ये दुईजनाको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रमख जिल्ला अधिकारी अञ्जन न्यौपानेले बताएका छन् । उनका अनुसार एक जना लाई उपचारका लागि सुर्खेत पठाइएको छ । जिपमा जम्मा १२ जना सवार थिए ।
कार्यविधि संवाददाता । २६ मंसिर २०७९, सोमबार २०:१३ बजे