आज पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती मनाइँदै

नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१ औँ जन्मजयन्ती मनाइँदैछ ।

प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।

यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।उनी नेपालका प्रथम शाहवंशीय राजा  हुन।

विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । राज्य रजौटामाई बाँडिएया बाईसे रे चौबिसे राज्यहरुलाई एकत्रित गरी एक देशको सृजना गर्ने यिनी आधुनिक नेपालका राष्ट्रनिर्माताका रूपमा  चिनिएका छन्  ।

यीनकाे  सम्झनामाई पुष २७ गते नेपालमि राष्ट्रिय एकता दिवस मनाउने गरिन्थ्यो । नेपालकाे दाेस्राे जनआन्दाेलन २०६२/६३ पश्चात जन्मजयन्ती मनाउन बन्द भएकाे थियाे ।

त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल भएका थिए ।

पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनुभएको थियो ।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको  गरेका थिए ।  साे  अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । यिनको मृत्यु पश्चात यिनका छोरा प्रताप सिहं शाह नेपालका राजा भएका थिए ।