एमालेले १० औं महाधिवेशनमा विद्युतीय मतदान मेसिन प्रयोग गर्ने

काठमाडौं । १० औं राष्ट्रिय महाधिवेशनमा  नेकपा एमालेले नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने भएको छ ।

शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको सचिव प्रदीप ज्ञवालीले बताएका छन्  ।

एमालेले १० औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयनको मापदण्ड तय गर्न कात्तिक ११ गते स्थायी कमिटीको बैठक र कात्तिक १२ गते केन्द्रीय कमिटी बोलाएको ज्ञवालीले बताए ।