रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, देवीनगरबाट विभिन्न हतियारसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा गुल्मीको मालिका गाउँपालिका–४ का ३५ वर्षीय नवीनचन्द्र रेग्मी र कञ्चनपुरको गणेशपुर नगरपालिका–२ का २७ वर्षीय विश्वराज कार्की रहेकाे प्रहरीले जनाएकाे छ।
इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले शंका लागी उनीहरूलाई जाँच गर्ने क्रममा नवीनचन्द्रको साथबाट एकथान रिभल्वर फेला परेपछि दुवैजनालाई पक्राउ गरेको छ ।
थप अनुसन्धानका क्रममा सैनामैना नगरपालिका–१, पर्रोहास्थित नवीनको कोठामा तलासी गर्दा गोली ३५ राउन्ड, तयारी डेटोनेटर तीनथान, डेटोनेटर केस ६० थान, डेटकर्ड चार मिटर समेत फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
कार्यविधि संवाददाता । ३ माघ २०७९, मंगलवार १४:३१ बजे