प्रहरीले गोली हानी नियन्त्रणमा लियो सिंहलाई

प्रहरीले मंगलबार राति एकजना भारतीय ‘सार्प सुटर’ सिंह लाई गोली हानेर नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका २५ वर्षीय सुजितकुमार सिंह रहेको बारा प्रहरीले जानकारी दिएकाे छ ।

विश्रामपुर गाँउपालिका—३ मा देखिएका सिंहलाई प्रहरीले राति करिब आठ बजेकाे समयमा पक्राउ गर्न लाग्दा खुट्टामा गोली हान्नुपरेको  हाे ।

सिंहको दुवै खुट्टामा गोली लागेको छ । कलैया अस्पतालमा उपचार भइरहेको छ। निजकाे  साथबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने पाँच थान गोलीसमेत बरामद गरेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए ।

गत कात्तिक १३ गते सिंह बाराको बाल एकता बोर्डिङका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्न रहेको  थिए । साथै अन्य घटनामा पनि सहभागी रहेका आशंकामा अनुसन्धान भइरहेको प्रवक्ता न्यौपानेले कार्यविधिलाई बताए।