नेपालमा पहिलो सामुदायिक विद्यालय व्यवस्थापन समितिकाे सम्मेलन कर्णाली प्रदेशकाे सुर्खेतमा आजबाट शुरु भएकाे छ ।
कर्णाली प्रदेश सरकार ,सामाजिक विकास मन्त्रालयकाे आयाेजना तथा सामुदायिक विद्मालय व्यवस्थापन समिति महासंघ नेपाल कर्णाली प्रदेशकाे तत्वाधानमा सामुदायिक विद्यालय व्यवस्थापन समितिकाे पदाधिकारीहरुकाे प्रथम कर्णाली प्रदेश स्तरीय सम्मेलन रहेने छ ।
साथै क्षमता अभिवृद्धि कार्यक्रम यही माघ २८ र २९ गते सुर्खेत वीरेन्द्रनगरकाे सिटी हलमा सञ्चालन हुने सामुदायिक विद्मालय व्यवस्थापन समिति महासंघ नेपाल कर्णाली प्रदेश कार्य समिति सचिव अर्जुन कुमार महतराले जानकारी दिएका छन् ।
कर्णाली प्रदेश भित्र पर्ने १० जिल्ला अन्तर्गत ७९ पालिकाका सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्य मध्ये महिला ७७ र पुरुष १३५ जना गरी २ सय १२ जनाकाे सम्मेलनमा बाक्लाे सहभागिता भएकाे सचिव अर्जुन कुमारले बताए । सम्मेलनकाे सम्पूर्ण व्यवस्थापन शिक्षा सराेकारका १५ वटा गैर सरकारी संघ संस्थाले गरेका थिए ।
सामुदायिक विद्यालय व्यवस्थापन समितिकाे पदाधिकारीहरुकाे प्रथम कर्णाली प्रदेश सम्मेलन तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्मेलनकाे मुख्य विषय रहेकाे छ ।
‘कर्णाली प्रदेश भित्र रहेका सामुदायिक विद्यालयकाे अवस्ठा चिन्ताजनक रहेकाे छ । सीकाई उपलब्धी ५० प्रतिशत भन्दापनि कम रहेकाे सन्दर्भलाई मनन गर्दै विद्यालय व्यवस्थापन समितिकाे क्षमता विकास गर्नु पर्ने आवश्यक रहेकाे महशुस गरी प्रदेश स्तरिय सम्मेलन गरिएकाे छ ।’
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल कर्णाली प्रदेशकाे अध्यक्ष गाेविन्द काेइरालाले सम्मेलनमा भन्नुभयो, ‘ मलुककाे संघीय व्यवस्था सफल पार्न शिक्षाको विकासमा प्रभावकारी भूमिका खेल्न सामुदायिक विद्यालय व्यवस्थापन समितिकाे आवश्यक रहेकाे छ ।’
सम्मेलनको पहिलो दिन विद्यालय व्यवस्थापन समितिका लागि मार्गदर्शक निर्देशनहरु र विव्यस नितिगत व्यवस्था तथा विद्यालय सुधार याेजना निर्माण वर्तमान समस्या ,चुनाैति र समाधानका विषयमा कार्यक्रम सहजकर्ता श्रीप्रसाद भट्टराई र जीतबहादुर शाहले प्रस्तुतिकरण गर्नुभएको थियो ।
शैक्षिक गुणस्तर बढाउन र विद्यालयकाे व्यवस्थापन समितिकाे अहम भूमिका रहेकाे सम्मेलनमा सहभागिमध्ये सगरमाथा आधारभूत विद्यालय काइके तारकाेट डाेल्पाका अध्यक्ष प्रेम बहादुर शाहले बताए ।
कार्यविधि संवाददाता । २८ माघ २०७९, शनिबार २०:५८ बजे