हुन्डी कारोबारमा संलग्न भएको आरोपमा एक युवक ४ लाख ७५ हजार नगदसहित मोरङमा शुक्रबार पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका-१५ का ३१ वर्षीय धर्मानन्द साहलाई ४ लाख ७५ हजार नगदसहित को २९ प ९३३९ मोटरसाइकलमा हिँड्दै गरेको अवस्थामा विभिन्न बैंकका भौचर र एटिएम कार्डसहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएकाे हो ।
प्रहरीले उनलाई हुन्डी कारोबारमा संलग्न भएको आशंकामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।
कार्यविधि संवाददाता । २६ फाल्गुन २०७९, शुक्रबार २१:०३ बजे