अमेरिकी ड्रोन हमलाबाट काबुलमा मारिने ६ जना बालबालिका

काठमाडाै‌ : अफगानिस्तानको राजधानी काबुलमा आईएसआईएस समूहका चरमपन्थीमाथि गरिएको भनिएको अमेरिकी ड्रोन हमलामा ६ जना बालबालिका मारिएका छन्।

पछिल्लो घटना अनुशार , काबुलको बाक्लो वस्तीस्थित एक घरमा अमेरिकाले ड्रोनबाट गरेको हमलामा ६ जना बालबालिकासहित १० जना सर्वसाधरणले ज्यान गुमाएका हुन्।

अमेरिकाले एक आत्मघाती हमकारीलाई निशाना बनाएर गरेको ड्रोन हमलामा ती व्यक्तिका १० जना निर्दोष नातेदार र बालबालिका मारिएका हुन्। अमेरिकाले एक आत्मघाती हमकारीलाई निशाना बनाएर गरेको ड्रोन हमलामा ती व्यक्तिका १० जना निर्दोष नातेदार र बालबालिका मारिएका हुन्।

अमेरिकाले हमलाका क्रममा ती व्यक्ति नजिकै भएका अन्य मानिसहरु परेको हुन सक्ने बताएकाे  छ। अमेरिकी सेन्ट्रल कमाण्डले यस घटनाको जाँच भइरहेको जनाएको छ।

आइतवार यी मानिसको घर अगाडि कारमा बम विस्फोट भएको थियो। जसमा १० जनाले ज्यान गुमाउनु परेकाे थियाे ।

अमेरिकी सेनाले एकजना इस्लामिक स्टेटका सदस्यले प्रयोग गरिरहेको कारलाई लक्षित गरेर उक्त हमला गरिएको अमेरिकाले दाबी गरेको छ।

अमेरिकी सेनाले यसअघि हमलापछि काबुलको हामिद काराजाई एयरपोर्टमा इस्लामिक स्टेटको अफगान शाखाको अर्को आक्रमणको खतरा टारिदिएको दाबी गरेको थियो।

अमेरिकी कमाण्डले अझै पनि उक्त हमलामा १० जना मारिएकोबारे एकीन भइनसकेको पनि उल्लेख गरेको छ। अमेरिकी अधिकारीले एक वक्त्व्यमा ड्रोन हमलापछि कयौँ शक्तिशाली विस्फोट काबुलमा भएको बताएका छन्।

उनका अनुसार ड्रोन हमलापछि त्यहाँ रहेका विस्फोटक पदार्थ पनि विस्फोट भएका कारण ती मानिस हताहत भएका हुन सक्छन्।